११ मंसिर २०८३, शुक्रबार

पत्रकारिताको आयाम र जिम्मेवारी बिर्सने छैनौं

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दैनिक नेपाल आजबाट सातौं बर्षको यात्रा सुरु गरिरहेको अवगत गराउँदा हामी खुसी छौं । २ हजार एक सय ९१ औं दिनको आजको बिहानले हामीलाई हिजोको अनुभव र भावी दिनमा हामीले गर्न सक्ने सेवाको तुलनासहितको विश्लेषणका लागि झकझक्याएको छ ।

नेपालमा अनलाइन पत्रकारिताको विकास हुँदै गर्दा हामी पनि जन्मिएका थियौं, गणनामा हुने गरी । त्यो समयमा अनलाइन पत्रकारिता हुन्छ र यसले केन्द्रविन्दुमा छाप पार्न सक्छ भन्ने कसी बन्नुपर्ने, बनाउनुपर्ने अवस्थामा केही प्रतिशतको योगदानको हकदार ठान्छौं, हामीलाई ।

नागरिकका साना मुद्दादेखि राजनीतिक तहसम्मलाई प्रभावित बनाउने डिजिटल पत्रकारिताको उत्तरदायीत्व मुलुक र जनताका निम्ति नै हुन्छ । हामी यो कर्म र बाटोबाट तलमाथि थिएनौं, छैनौं हुनेछैनौं । यसको अर्थ पत्रकारिताका आयाम र जिम्मेवारी बिर्सने छैनौं ।

अनलाइन पत्रकारिताको विस्तार हुने क्रम जारी रहँदा हामीले ७ बर्षको दौरानमा यसको पहुँच, महत्व र जिम्मेवारिताको अनुभव गरिसक्यौं । विश्व बजारमा पत्रकारिताका अनेक आयामसँगै डिजिटल पत्रकारिता निमेष निमेषकै प्रभावकारी हुने ज्ञान र सीपमा जानकार पनि बन्यौं । हरेक दिन विकसित हुने प्रविधिका नयाँ चिजहरू, इन्टरनेटका विविध पक्षहरूको प्रयोग, उपयोग र त्यसमा नेपाली पत्रकारिताको धर्मलाई अविचलित भएर उनीरहन सक्षम भयौं । नेपालको सानो बजारमा एकले अर्काको स्पर्धाका चर्चा चलिरहँदा हामी आफैंसँग स्पर्धामा उत्रियौं, त्यसको परिणामका आधारमा अनुभव र सीप हासिल गरेका छौं । कहिले आफैंसँग पराजित भयौं त कहिले जीत निकाल्यौं, यी सबै हाम्रा लागि नितान्त शिक्षा भए, जसलाई ग्रहण गरेरै अगाडि बढिरहेका छौं ।

यो अवसरमा कुनै ठूलो घोषणा होइन, नेपाली पत्रकारितालाई यहि युगको ढाँचाबाट जनताका समस्या, जनताका चासो, जनताकै गुनासो, जनतासम्म सुनाउने, पढाउने, समाधानका निम्ति सम्बन्धित तहसम्म पुर्याउने काम गरिरहनेछौं । यति भनिरहँदा ७ बर्षसम्म अविचलित हिसाबले हामीलाई व्यावसायीक क्षेत्रबाट सहयोग गर्नुहुने विज्ञापनदाता, कर्मचारी, पत्रकार सबैलाई धन्यवाद नदिई बस्न सकिन्न । र, सबै भन्दा ठूलो सम्पत्तिचाहिँ दैनिक नेपाललाई विश्वास गरिदिने हाम्रा पाठक वर्गप्रति आधार प्रकट गर्दै यो मायालाई सँधै कायम राखिदिनुहुन अनुरोध गर्दछौं ।

-गणेश पाण्डे

प्रकाशक/प्रधान सम्पादक