काठमाडौं, १३ फागुन । राप्रपा नेपालका सहअध्यक्ष केशरबहादुर विष्टले आफुलाई ठुला भन्ने दलहरुको अहंकार, दम्भ र स्वार्थले गर्दा मुलुक राजनीतिक जटिलता तर्फ धकिलिएको बताएका छन् ।
पार्टीको जनवर्गिय संगठन, विभाग र समितिहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै सहअध्यक्ष विष्टले मुलुकको भविष्यमा दुरगामी महत्व राख्ने बिषयहरुमा जनमत नबुझि अन्तिम टुङ्गो लगाए त्यसले द्धन्द्ध निम्त्याउने विचार व्यक्त गरे । गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको बिषयमा जनमत संग्रहको कुनै विकल्प नभएको उनको दावी थियो ।
कार्यक्रममा पार्टीका महामन्त्री चन्द्रबहादुर गुरुङ्गले संगठनलाई बलियो बनाउनु पहिलो आवश्यकता भएकोले संगठन सुदृढिकरण अभियान संचालन गरिने जानकारी दिँदै संगठन र आन्दोलनलाई सँगै लैजानु पर्नेमा जोड दिए ।
महामन्त्री गुरुङ्गले विदेशी हस्तक्षेप बढेको र मुलुक दिशाहिन अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गर्दै पार्टीले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नु पर्ने भएकोले कार्यकर्ताहरुलाई तयार रहन आग्रह गरे ।
बैठकमा सभासद् एवं प्रशिक्षण विभाग प्रमुख सुशील श्रेष्ठ, सभासद् एवं केन्द्रीय सचिवालयका सहसंयोजक भास्कर भद्रा, सहायक महामन्त्री एवं आदिवासी जनजाति विभाग प्रमुख प्रा.डा.गिताभक्त जोशी, संगठन विभागका आनन्द अधिकारी, जनवर्गिय संगठन समन्वय विभागका सदस्य सचिव रविन चाम्लिङ्ग र खेलकुद विभागका प्रमुख लोकबहादुर शाहीले आआफ्नो विभागको प्रतिवेदन पेश गरेका थिए ।
यसै गरी युवक, विद्यार्थी र मजदुर संगठनलाई तीन महिनाभित्र महाधिबेशन सम्पन्न गर्न निर्देश गरेको छ । विद्यार्थी संगठनका अध्यक्ष एवं केन्द्रीय सदस्य राजाराम बर्तौला, युवक संगठनका कमल विष्ट, ट्रेड युनियनका महासचिव हिक्मत सिंह भण्डारीले बैठकमा हालसम्मको प्रगति र भावि कार्ययोजना प्रस्तुत गरेका थिए ।
















प्रतिक्रिया