११ मंसिर २०८३, शुक्रबार

नागढुंगा–नौबिसे सडकखण्डको जाममा परेका एक यात्रुको मृत्यु

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १० असाेज । नागढुंगा–नौबिसे सडकखण्डको जाममा परेको गाडीमा यात्रुको मृत्यु भएको छ ।

जनकपुरबाट काठमाडाैंका लागि छुटेको ना ७ ख ५३६४ नम्बरको बसमा रहेका रौतहट गरुणा नगरपालिका ८ का ३५ वर्षका रुपलाल शाहको जाममा परेका बेलामा बिहान मृत्यु भएकाे हाे ।

शाह क्यान्सर पीडित भएको परिवारले बताएका छन् । गाडीमा रहेका शाहको के कारणले ज्यान गएको हो भन्ने बारेमा खुल्न बाँकी छ । अहिले शाहको शव पोष्टमार्टमको लागि लैजाने तयारी छ ।