४ कार्तिक २०८३, बुधबार

२७० करोडमा बन्यो ‘साइरा नरसिम्हा रेड्डी’

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । तेलुगु सुपरस्टार चिरञ्जिवी स्टारर एक्सनमय पिरियोडिक ड्रामा ‘साइरा नरसिम्हा रेड्डी’को ट्रेलर सार्वजनिक गरिएको छ ।

सिनेमा अक्टुवर २ मा रिलिज हुँदैछ । सिनेमामा तेलेगुका अलावा तमिल, हिन्दी, कन्नड र मल्यालम भाषामा पनि रिलिज हुनेछ । सिनेमाको हिन्दी संस्करणलाई फरहान अख्तर र रितेश सिध्वानीले वितरण गर्दैछन् ।

करीव २७० करोड भारूको बजेटको तयारमा भएको सिनेमा यस वर्षको प्रतिक्षित सिनेमामध्येको एक हो । सिनेमाको यस रिलिज मितिमा ऋतिक रोशन तथा टाइगर श्राफ स्टारर वार पनि रिलिज हुँदैछ ।

वक्सअफिसमा दुबै सिनेमाबिच कडा टक्कर हुने अनुमान गरिएको छ । सिनेमालाई चिरञ्जिबीका छोरा राम चरणले निर्माण गरेका हुन् ।

उइलावाडा नरसिम्हा रेड्डीको जीवनीमा आधारित सिनेमामा तेलुगु मेगास्टार चिरन्जीवीका साथमा बलिउड मेगास्टार अमिताभ बच्चनसँगै खिचा सुदीप, विजय सेतुपति, जगपति बाबु, रवि किसन, नयनतारा, तमन्ना, निहारिकाजस्ता स्टार कलाकारको अभिनय छ ।