११ मंसिर २०८३, शुक्रबार

सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


मकवानपुर, ९ असोज । हेटौंडा उपमहानगरपालिका ११ स्थित सडकमा बिहिबार बिहान ना.३ ख ३५५६ नम्बरको बसको ठक्करबाट करिब ७५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

व्यक्तिगत विवरण नखुलेका वृद्धको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी मकवानपुरको भिमफेदी गाउँपालिका ६ मान्डुस्थित सडकमा ना.६ त ६०३५ नम्बरको ट्रयाक्टर अनियन्त्रीत भई सडकबाट करिब ५० मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा सोही गाउँपालिका ३ बस्ने १७ वर्षीय उमेश बस्नेतको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका चालक सोही स्थान बस्ने १७ वर्षीय राजिव पोखरेल समेत ३ जनाको हेंटौडा अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।