
काठमाडौँ, ९ असोज । प्रभु बैंकले सेवा विस्तार गर्ने क्रममा मकवानपुर जिल्लाको हेटौँडा उप–महानगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
हेटौँडास्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको आज जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले उद्घाट्न गरे ।
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रकम जम्मा गरी सरल र सहज रुपमा जिल्ला प्रशासन कार्यालयको काम गर्न सक्नेछन् ।
नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यालयमा पनि आफ्नो सेवा विस्तार गरेको हो ।
प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यालयको काम गर्न सहज हुने भएको छ ।
प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीयवासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
प्रभु बैंकले १९५ वटा शाखा कार्यालय, १५२ वटा एटीएम तथा ३५ वटा एक्स्टेन्सन काउण्टरहरु मार्फत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।















प्रतिक्रिया