
काठमाडौँ, ९ असोज । आज सुनको मूल्य घटेको छ ।
बुधबारको तुलनामा सुन तोलामा एक हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जानकारी दिएको छ ।
महासंघका अनुसार आज बजारमा सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तोलाको ७२ हजार पुगेको थियो ।
आज बजारमा तेजाबी सुनको मूल्य तोलामा ७० हजार ७ सय रुपैयाँ छ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा ८९० रुपैयाँ भएको चाँदी आज ८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।















प्रतिक्रिया