११ मंसिर २०८३, शुक्रबार

गोली प्रहार गरी लुटेरा समूह पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, ९ असाेज । जनकपुरधाममा लुटपाट गर्न आएको एक समूहलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।

जनकपुर उपमहानगरपालिका कार्यालयको गेटमै रहेको जानकी फर्निसिङ पसलमा लुटपाट गर्दागर्दै चार जनाको समूहलाई प्रहरीले तीन राउण्ड गोली चलाएर नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा दुई जना भारतीय र दुई जना रौतहटका बासिन्दा छन् । भारत विहारको सितामढीमा पर्ने इसलामपुरका ४० वर्षीय मो. इलियास, सितामढी बर्गेनीका ३९ वर्षीय उजिर अन्सारी, रौतहटको वृन्दावन नगरपालिका घर भएका ३५ वर्षीय गगन पटेल र गौर नगरपालिका ४ का ४५ वर्षीय बिनोद प्रसाद सिंह पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट हतियार समेत बरामद भएको छ । बिहीबार विहान करिब साढे ३ बजे पसलको सटर फोडेर लुटपाट गर्न लाग्दा प्रहरीले देखेपछि उनीहरु भाग्न खोजेका थिए । ३ राउण्ड गोली चलाएर उनीहरूलाई नियन्त्रणमा लिइएको धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले जानकारी दिए ।

प्रहरीले चलाएको गोली एक जना लुटेराको खुट्टामा लागेको छ । उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।