११ मंसिर २०८३, शुक्रबार

६५ वर्षीय वृद्वले गरे बालिकालाई बलत्कार

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-बिजय चालिसे
नवलपुर, ८ असोज । नवलपुरको कावासोतीमा एक वृद्वले बालिकालाई बलात्कार गरेका छन् । चितवनको भरतपुर महानगरपालिका १६ घर भई हाल कावासोती नगरपालिका १३ मा बस्दै आएका ६५ वर्षीय टेकबहादुर घलेलाई १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

घलेलाई नियन्त्रणमा लिएर म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

कावासोती १३ का वडा अध्यक्ष विनोद रानाकाअनुसार बालिकाको पेटमा ७ महिनाको गर्भ रहेको समेत खुल्न आएको छ । बालिकाका अभिभावकले जिल्ला प्रहरी कार्यालय नवलपुरमा दोषीमाथि कारवाहीको माग गर्दै जाहेरीसमेत दिएका प्रहरीले जनाएको छ ।