११ मंसिर २०८३, शुक्रबार

इ-सेवाबाट हवाई टिकटको कारोवार गरे कारवाही हुने

67.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-प्रतिक पौडेल
भैरहवा, ८ असोज । इ-सेवाबाट हवाई टिकटको कारोवार गरे कारवाही हुने भएको छ । प्रदेश नं ५ सरकारले ई-टिकेटिङ अथवा ई-सेवा बाट हवाइ टिकटको व्यवसाय गर्नेलाई कारवाही गर्ने भएको हो ।

प्रदेश नं ५ उधोग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार प्रदेश नं ५ पर्यटन ऐन २०७६ दफा ११ को उपदफा १ बमोजिम ट्राभल तथा ट्रेकिङ एजेन्सी नखोली इ-सेवा लगायतका इ-टिकेटिङ बाट हवाइ टिकेटिङको कारोवार गरेको पाइएमा २० हजार जरिवाना सहित कारोवार बन्द समेत हुने छ ।

मन्त्रालयले इजाजत लिएर हवाइ टिकेटिङको कारोवारमा इजाजत नलिइकन कानुनत अबैध रुपमा कारोवार गरिरहेका व्यक्ति, संघ-संस्था तथा फर्महरु लाई अवैध रुपमा कारोवार नगर्न सुचना निकालेको छ ।

नेपाल ट्राभल एण्ड टुर एजेन्ट एसोशियसन प्रदेश नं ५ अध्यक्ष सागर अधिकारीले प्रदेश नं ५ मा अधिकाशं ठाउमा गैरकानुनी रुपमा इ-सेवा लगायतका इ-टिकेटिङ मार्फत हवाइ टिकेटको कारोवार भएको बताए ।

अधिकारीका अनुसार आफूहरुले लाखौँ रुपैयाँ धरौटी राखेर हवाइ टिकेटको कारोवार गर्ने तर इसेवाको प्रयोग गरि पान पसल देखी लिएर ठुला व्यवसायीले समेत हवाइ टिकेटिङको कारोवार गर्ने गरेका छन् ।

पछिल्लो समय प्रदेश नं ५ का ४८ वटा पर्यटन व्यवसायीले इसेवा र इ टिकेटिङको विरोध गर्दै आफुहरु दर्ता नविकरण गर्न नमाने पछि प्रदेश सरकारले उक्त निर्णय गरेको छ ।

जिल्ला प्रसासन कार्यालयले केही समयपछि अनुगमन गर्नेछ जसमा अवैध रुपमा हवाइ टिकेटको कारोवार भएको फेला परे कारवाही गरिनेछ ।