११ मंसिर २०८३, शुक्रबार

बैंक ह्याकमा संलग्न सार्वजनिक, ५ अर्बकाे याेजना, मुख्य याेजनाकार अफ्रिकी

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्वीर:राताे पाटी

काठमाडौँ, ८ असोज । प्रहरीले ह्याक गरेर पैसा लुट्नेलाई सार्वजनिक गरेको छ ।

कृषि विकास बैङ्कको रकम निकाल्ने मुख्य योजनाकार अफ्रिकी मुलका नागरिक काले भनिने पिटर रहेको प्रहरीले जनाएको छ । नेपालका बैङ्कहरुबाट रकम निकाल्ने योजना नै पिटरको रहेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको हाे ।

प्रहरीको अनुसन्धानअनुसार लामाे समयदेखि भारत बस्दै आएका पिटरले नेपाली बैंकरबाट करिब ५ अर्ब रुपैयाँ ह्याक योजना रहेको भेटिएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको प्रारम्भिक अध्ययनबाट कृषि विकास बैंकबाट ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ ह्याक गरिएको भेटिएको छ । यसैगरी पानस रेमिट, नयाँ बानेश्वरबाट १२ लाख ह्याक भएको छ ।

रकम लुट्ने व्यक्तिहरुले १५ देखि ३५ प्रतिशतसम्म रकम कमिसन दिई हुण्डीमार्फत भारत पठाउने गरेको प्रहरीले जनाएको छ । ह्याक गरी रकम लुट्ने कार्यमा संलग्न १२ जनालाई नै बैकिङ कसुर सम्बन्धी संगठित अपराधमा मुद्धा चलाइने प्रहरीले जनाएको छ ।