
काठमाडौँ, ८ असोज । नेपाल प्रहरीका तीन अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा भएको छ ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले एआईजीहरु पुष्कर कार्की, ठूले राई र धिरु बस्न्यातको सरुवा गरेको हो ।
कार्कीलाई कार्य तथा अपराध अनुसन्धान विभाग, राईलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र बस्न्यातलाई मानवस्रोत एवं प्रशासन विभागमा दरबन्दी राखेर राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा काजमा राखिएको छ ।
यसअघि एआईजीहरु कार्की प्रहरी प्रशिक्षण प्रतिष्ठानमा, राई मानव स्रोत एवं प्रशासन विभागमा र बस्न्यात अपराध अनुसन्धान विभागमा थिए ।











प्रतिक्रिया