
मकवानपुर, ७ असोज । प्रहरीले मकवानपुरमा गोली हानेर गाँजा तस्करलाई नियन्त्रणमा लिएको छ ।
हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट ट्रकभित्र १४ वटा पोकामा रहेको ७८ किलो ८ सय ग्राम अवैध लागूऔषध गाँजा सहित ना.६ ख १३१ नम्बरको ट्रक चालक पर्सा वीरगंज महानगरपालिका-२९ बस्ने ३५ वर्षीय अफ्रिका चौधरीलाई मंगलबार बिहान गोली हानेर नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले ट्रकमा जाँच गर्ने क्रममा प्रहरीलाई अभद्र व्यवहार गरी भागेपछि गोली प्रहार गरेर ट्रक चालक चौधरीलाई नियन्त्रणमा लिनुपरेको जनाएको छ ।
खुट्टामा गोली लागी घाइते भएका ट्रक चालक चौधरीको जिल्ला अस्पताल हेटौंडामा उपचार भइरहेको छ । उनीहरुलाई नियन्त्रणमा लिने क्रममा दुई जना प्रहरी समेत सामान्य घाइते भएका छन् ।
ट्रकका सहचालक रौतहट गरुडा नगरपालिका-४ बस्ने २० वर्षीय विवेक चौधरी फरार भएकोले प्रहरीले खोजी गरिरहेको जनाएको छ ।











प्रतिक्रिया