५ कार्तिक २०८३, बिहिबार

एनआईसी एशिया बैंकका ग्राहकले पाउने भए यस्तो सुविधा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ असोज । एनआईसी एशिया बैंक लिमिटेड र सेलवेज क्यास एण्ड क्यारी प्रालि अन्तर्गतका सेल्सबेरी र सेलवेज डिपार्टमेन्ट स्टोरबीच सम्झौता भएको छ ।

एनआईसी एशिया बैंकको मोबाइल बैंक एप प्रयोग गरी क्यूआरमार्फत् सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम रु. ५०० सम्म छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौताअनुसार सेल्सबेरी तथा सेलवेज डिपार्टमेन्ट स्टोरमा सामान खरिद गर्दा एनआईसी एशिया बैंकको मोबाइल बैंक एपको क्यूआरमार्फत् भुक्तानी गर्दा ग्राहकले यस्तो सुविधा पाउनेछन् ।

यो अफर सेल्सबेरी डिपार्टमेन्टल स्टोरको सबै आउटलेटहरुमा र सेलवेज डिपार्टमेन्टल स्टोरको पोखरा आउटलेटमा लागू हुने छ ।

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सेलवेज क्यास एण्ड क्यारी प्रालिको तर्फबाट कम्पनीका प्रमुख वित्त अधिकृत सन्दिप प्रधानाङ्गले हस्ताक्षर गरे ।

आश्विन पहिलो हप्तादेखि छठ पर्वसम्म लागू हुने यो योजनाबाट ग्राहक महानुभावहरुले चाडपर्वको समयमा अधिकतम लाभ लिन सक्नुहुन बैंकले े विश्वास लिएको छ ।

बैंकले मुलुकभर ३०१ शाखा कार्यालयहरु, ३५९ एटीएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

करिब १८ लाख ग्राहकका साथ सञ्चालनमा रहेको बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले बताएका छन् ।

बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेका मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।