११ मंसिर २०८३, शुक्रबार

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच समझदारी पत्रमा हस्ताक्षर

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ असोज । नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच आपसी सहयोग/सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

नागपोखरीस्थित मेरियट होटलमा आयोजित कार्यक्रममा नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डको उपस्थितिमा  विदेश विभाग प्रमुख माधव कुमार नेपाल र चिनयाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले हस्ताक्षर गरेका हुन् ।

समझदारीपत्रमा दुवै पार्टीबीच सहयोग, सहकार्य, भ्रमण र गोष्ठीहरू गर्ने विषय समेटिएको नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

यसअघि एमाले र माओवादीबीच छुट्टाछुट्टै रुपमा चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्ध रहँदै आएको थियो । दुई पार्टीबीच एकता भएर नेकपा बनिसकेको सन्दर्भमा नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच औपचारिक सम्बन्ध बनेको हो ।

नेकपा र सीपीसीका नेताहरुबीच सोमबारदेखि काठमाडौंमा दुईदिने विचार आदान–प्रदान कार्यक्रम भइरहेको छ । कार्यक्रम आज सकिदैछ ।