२ कार्तिक २०८३, सोमबार

शैक्षिक विकासका लागि कञ्चनपुरमा साँस्कृतिक महोत्सव आयोजना

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदय सरस्वती बहुमुखी क्याम्पसको अक्षयकोषको स्थापना गर्न आयोजना हुन लागेको ‘बृहद साँस्कृतिक महोत्सव’को बारेमा जानकारी गराउँदै आयोजक ।
उदय सरस्वती बहुमुखी क्याम्पसको अक्षयकोषको स्थापना गर्न आयोजना हुन लागेको ‘बृहद साँस्कृतिक महोत्सव’को बारेमा जानकारी गराउँदै आयोजक ।

महेन्द्रनगर, १३ फागुन । शैक्षिक विकासका लागि भन्दै कञ्चनपुरको कृष्णपुरमा साँस्कृतिक महोत्सव हुने भएको छ ।

कञ्चनपुरको कृष्णपुर-२ वाणीमा रहेको उदय सरस्वती बहुमुखी क्याम्पसको अक्षयकोषको स्थापनाका लागि ‘बृहद साँस्कृतिक महोत्सव २०७१’ हुने भएको हो । ग्रामिण क्षेत्रमा रहेको क्याम्पसको विकासका लागि महोत्सव आयोजना गरिएको महोत्सव मुल आयोजक समितिले जनाएको छ ।

महोत्सव मुल आयोजक समितिका प्रचारप्रसार संयोजक अर्जुन साउँदले यही फागुन तेस्रो सातादेखि महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार क्याम्पस लगायत स्थानियहरुको अगुवाईमा क्याम्पसकै पाङ्गामा महोत्सव हुने भएको छ ।

आर्थिक रुपमा कमजोर ग्रामिण क्षेत्रमा रहेको क्याम्पसमा अक्षयकोष स्थापना गरि यस क्षेत्रका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्रि प्रदान गरी उच्च शिक्षा आर्जन गर्नमा टेवा पुर्‍याउने उदेश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो ।

‘यस क्षेत्रमा अधिकाँस नागरिकहरु विपन्न छन्, आर्थिक अभाव हुँदा उनीहरु उच्च शिक्षा बाट बञ्चित हुन्छन्, त्यसैले हामीले त्यस्ता आर्थिक रुपमा विपन्न समुदायका विद्यार्थीहरुलाई छात्रबृति दिन महोत्सव आयोजना गरेका हौँ ।’, उनले भने ।

महोत्सव सफल पार्नका लागि कृष्णपुरका स्थानिय समाजसेवी गोबिन्द कलौनीको संयोजकत्वमा महोत्सव मुल आयोजक समिति समेत गठन गरिएको प्रचार प्रसार संयोजक साउदले जानकारी दिनुभयो ।

विभिन्न पाँच उप-समितिहरु पनि गठन गरिएका छन् । सबै उप समितिहरुले आफ्नो क्षेत्रबाट हुने कामहरु अघि बढाईसकेको संयोजक साँउदको भनाई छ । महोत्सवमा ६० स्टलहरु राखिने छन् । मंगलबार सम्म २५स्टल बुकिङ्ग भईसकेको आयोजकले जनाएको छ ।

महोत्सवमा कृषि उत्पादन समाग्री, व्यवासयी समाग्री, अनौठा एव अकल्पनीय जिव र बस्तुको प्रर्दशनी, स्थानिय हस्तकलाको प्रर्दशनी गरिने छ । यस्तै महोत्सवमा सुदूरपश्चिमका लोक संस्कृति झल्किने खालका देउडा, नृत्य, हुडकेली नृत्य, राना–थारु समुदायको झाँकी प्रर्दशन गरिने छ ।

जसबाट सुदूरको लोक संस्कृतिको संरक्षण हुने आयोजकको अपेक्षा छ । स्थानिय तथा राष्ट्रिय कलाकारहरुबाट साँस्कृतिक कार्यक्र्म प्रस्तुत हुनेछन् । महोत्सवमा विश्वकै सबैभन्दा ठृुलो अष्ट्रिज चरा र पहवान मोहमद अलिखानको चमत्कारी समेत राखिनेछन् । बालबालिकाहरुका लागि बाल उद्यान समेत राखिने छ ।

महोत्सवको तयारी तिव्र रुपमा भईरहेको महोत्सव मुल आयोजक समितिका सदस्य मंगल बहादुर बमले बताउनुभयो । ‘महोत्सव बाट यस क्षेत्रको शौक्षिक विकास हुन्छ ।’, उनले भने । महोत्सवको प्रचार प्रसार समेत तिव्र रुपमा भईरहेको प्रचारप्रसार संयोजक साउँदको दावि छ ।

‘महोत्सव हेर्नका लागि ग्रामिण क्षेत्रका नागरिक अब आफ्नो गाँउमै हेर्न पाउँदैछन्,त्यो खुशीको कुरा हो ।’, उनले भने । महोत्सव अवलोकनका लागि विद्यार्थी सहुलियत रु २० र साधारण तर्फ रु ४०को दर निर्धारण गरेको छ ।

सात दिनसम्म संचालन हुने मेलामा एक लाख दर्शकहले मेला अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ । महोत्सवमा सबै क्षेत्रबाट राम्रो आवश्वासन आएको आयोजकको भनाईछ । फागुन २३ गते देखि संचालन हुने महोत्सव २९ गतेसम्म संचालन हुने छ ।