४ कार्तिक २०८३, बुधबार

अभिनेत्रीलाई ड्रग्स दिएर याैनशाेषण

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क । हलिउड अभिनेत्री केमिला मेन्डेसले कलेज जीवनमा ड्रग्स दिएर आफ्नो यौनशोषण गरिएको खुलासा गरेकी छन् ।

अमेरिकी टिन ड्रामा ‘रिवरडेल’ फेमकी अभिनेत्री मेन्डेसले पुराना दिन सम्झिँदै भनेकी छन्, ‘जब म न्युयोर्क युनिभर्सिटीमा अध्ययनरत थिएँ, त्यस बेला यौनशोषणको सिकार भएकी थिएँ।’ उनी त्यस बेला सो युनिभर्सिटीको टिस्क स्कुल अफ आर्टमा भर्ना भएकी थिइन्।

एक म्यागजिनसँगको कुराकानीमा २५ वर्षीया मेन्डेसले खुलासा गरेकी छन्, ‘त्यो मेरो निकै दर्दनाक तीतो अनुभव रह्यो। एक व्यक्तिले ड्रग्स दिएर मेरो यौन शोषण गरे।’ उनले आफूले भोगेको सो घटना भुल्न चाहेर पनि नसकेको बताएकी छन्।

मेन्डेसको ‘रिवरडेल’ सोको तीन सिजन सफलतापूर्वक टेलिकास्ट भएर चौथो सिजन पनि तयारी अवस्थामा रहेको छ। ‘द न्यु रोमान्टिक’ तथा ‘द परफेक्ट डेट’जस्ता हलिउड फिल्ममा उनले अभिनय गरेकी छन्।