११ कार्तिक २०८३, बुधबार

कोइराला-देउवाको शक्ति तुलना गर्न बालुवाटारमा काँग्रेसको बैठक सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil-deuba

काठमाडौँ, १३ फागुन । यतिबेला महाधिवेशन गर्ने तयारीमा रहेको सत्तारुढ दल कांग्रेसमा फेरि सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाको पार्टीमा सांगठनिक शक्तिका बारेमा चर्चा सुरु भएको छ ।

आज विहानदेखि सुरु भएको नेपाली काँग्रेस केन्द्रीय समितिको बैठकमा कोइराला र देउवापक्षको शक्तिका विषयमा चर्चा गरिने कांग्रेसका एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् । ‘महाधिवेशनलाई लक्षित गरी दुवै पक्षले बैठकमा पार्टीमा आफ्नो सांगठनिक शक्तिको तुलना पनि गर्दैछन्, ‘जसका कारण महाधिवेशनमा कुन शक्ति बोलियो छ भन्ने थाहा पाइनेछ ।’ ती नेता बताए ।

यसअघिको बैठकमा दुवै पक्षको भागवण्डामा अनुशासन कारवाहीमा परेका नेताहरुलाई सफाई दिइएको थियो । उनका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार सुरु भएको बैठकमा आगामी महाधिवेशन शक्ति तुलना र केन्द्रीय कार्यसमितिको भावि रणनीतिका विषयमा चर्चा हुनेछ ।

बिहान ८ बजेका लागि बोलाइएको केन्द्रीय समितिको चौथो बैठक करिब डेढ घन्टापछि मात्र सुरु भएको थियो । बैठक अहिले पनि चलिरहेको छ ।

बैठकमा पार्टीको अनुशासन समितिको निर्णयउपर परेका पुनरावेदन, भ्रातृ संस्थाहरू, नेपाल तरुण दल, नेपाल महिला सङ्घ र नेपाल विद्यार्थी सङ्घको केन्द्रीय महाधिवेशन, संविधान निर्माण र दलहरूको बीचमा भइरहेको वार्ताबारे र विविध शीर्षकमा छलफल भई आवश्यक निर्णय लिइने काँग्रेसले जनाएको छ ।

पार्टी सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाको सभापतित्वमा जारी बैठकमा वरिष्ठ नेता शेरबहादुर देउवा, पार्टीका सबै पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सहभागिता रहेको छ ।