
इटहरी, ६ असोज । विप्लव नेतृत्वको नेकपाका सुनसरी इञ्चार्जसहित दुई जना पक्राउ परेका छन् ।
जिल्ला इञ्चार्ज लक्ष्मण पौडेल र सुनसरी जिल्ला सेक्रेटरी राजेन्द्रसिंह विष्ट पक्राउ परेका हुन् ।
उनीहरुमाथि गत भदौ २० गते इटहरीस्थित सुष्मा गोदावरी कलेजमा बम बिस्फोट गराउने घटनामा संलग्नताको आरोप रहेको प्रहरीले जनाएको छ ।
चन्दा माग्दा नदिएपछि बम विष्फोट गराइएको प्रहरीको दावी छ ।
विष्फोटबाट कलेजको पर्खालमा क्षति पुगेको थियो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया