११ मंसिर २०८३, शुक्रबार

सशस्त्रद्धारा ३० लाख बराबरको चोरीपैठारीको सामान बरामद

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ६ असोज । पर्साको वीरगंज महानगरपालिका १६ स्थित बाईपासबाट असोज ६ गते सशस्त्र प्रहरीले करीव ४ लाख २३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा, मेमोरीकार्ड, भाडावर्तन र चोरीनिकासी गर्न लागिएको मरिच सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट सशस्त्र प्रहरी नायव उपरीक्षक अम्मर बहादुर खत्रीको कमाण्डमा खटिएको सशस्त्र टोलीले बरामद गरेको हो ।

बरामद सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंजमा बुझाएको छ ।

यसैगरी, सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेक्वा झापाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेमकुमरा भण्डारीको कमाण्डमा खटिएको सशस्त्र टोलीले असोज ६ गते करीव २ लाख ७४ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको किराना सामान तथा लत्ताकपडा एपीएफ टोलीले झापा जिल्लाको मेचीनगर नगरपालिका १२ स्थित कालीझोडाबाट बरामद गरेको हो ।

बरामद सामान एपीएफ टोलीले आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ ।

यसैगरी, पश्चिम नवलपरासी जिल्लाको सरावल गाउँपालिका ७ स्थित भुजहवा भन्ने स्थानबाट एपीएफ टोलीले असोज ६ गते करीव १ लाख १६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर २६ गण हेक्वा पश्चिम नवलपरासीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

यसैगरी धनुषा जिल्लाको शहिद नगरपालिका ३ स्थित यदुकुवा र सोही जिल्लाको जनकपुर उपमहानगरपालिका १६ स्थित कपिलेश्वरबाट असोज ६ गते एपीएफ टोलीले चोरीपैठारीको लत्ताकपडा तथा खाद्यन्नका बरामद गरेको छ ।

दुई वटा मोटरसाइकमा राखी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल राजश्व भन्सार सुरक्षा बेश धनुषाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

त्यसेवला एपीएफ टोलीले उक्त सामान ल्याउन प्रयोग गरिएको दुई वटा मोटरसाइकल समेत बरामद गरेको छ ।

बरामद सामान तथा मोटरसाईकल एपीएफ टोलीले आवश्यक कारवाहीको लागि भन्सार कार्यालय धनुषामा बुझाएको छ । उक्त सामान तथा मोटरसाइकलको भन्सार दाखिला मुल्य चार लाख २२ हजार ८ सय ५० रुपैयाँ रहेको छ ।