११ मंसिर २०८३, शुक्रबार

वैदेशिक रोजगार ठगी मुद्दामा फरार अभियुक्त पक्राऊ

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ६ असोज । वैदेशिक रोजगार ठगी मुद्दामा प्रहरीले फरार रहेकी आरोपितलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४६ वर्षीय विमला थापा रहेकी छन् ।

वैदेशिक रोजगार न्यायाधिकरणको २०७४ असार २६ गतेको फैसलाले जिल्ला काठमाडौं का.म.न.पा.वडा नं. १० बस्ने विमला थापालाई १ लाख ५० हजार जरिवाना र १ वर्ष ६ महिना कैदको आदेश जारी गरेको थियो ।

फरार रहेकी थापालाई थापागाँऊ बानेश्वरबाट प्रहरीले पक्राऊ गरी काठमाडौँ जिल्ला अदालतमार्फत कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाईएको छ ।