
काठमाडौँ, ६ असोज । प्रभु बैंक लिमिटेडले असोज ६ गतेदेखि चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाको कुरिनटारमा आफ्नाे १९६ औं शाखा कार्यालय कुरिनटार शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
बैंकको कुरिनटार शाखा कार्यालयको समुद्घाटन इच्छाकामना गाउँँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङ्गले विहान एक समारोहकाबीच गरेकी हुन् ।
बैंकको कुरिनटार शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी तथा गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ्गले प्रभु बैंकले आफ्नाे बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताइन् ।

त्यस्तै प्रभु बैंकको यो अभियानले बैंकिङ्ग पहुँचमा वृद्धि मात्र भएको नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको भन्दै प्रभु बैंकको सफलताको कामना गरिन् ।
बैंकको कुरिनटार शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
बैंकको कुरिनटार शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारण, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकास भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा कुरिनटार शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
प्रभु बैंकले गत आ। व। मा २ अर्ब ८६ करोड ७६ लाख ९३ हजार रुपैयाँ मुनाफा गरेको थियो । बैंकले हाल १९६ शाखा, ३४ एक्टेन्सन काउण्टर, १९ शाखा रहित बैंकिङ्ग सेवा तथा १५२ एटिएम मार्फत अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।















प्रतिक्रिया