काठमाडौं । ठगी प्रकरणपछि चर्चित हाँस्य टेलिश्रृखंला ‘जिरे खुर्सानी’ र ‘भद्रगोल’ बन्द भएका छन् ।
यी श्रृखंलाहरुको प्रायोजन गर्दै आएको वल्र्ड भिजन एड्भर्टाइजिङले सिद्धार्थ बैङ्कमा विभिन्न टेलिभिजन कार्यक्रमका लागि राखेको पाँच करोड ८६ लाख बराबरको धितो रकम नक्कली सावित भएपछि यी कार्यक्रम बन्द भएका हुन् ।
यसै प्रकरणका कारण वल्र्ड भिजनका मालिक दिनेश श्रेष्ठ हनुमान ढोकामा थुनामा छन् ।
नेपाल टेलिभिजनका महाप्रवन्धक लक्षमण हुमागाईं, व्यापार महाशाखा प्रवन्धक पवन माण्डव्य र आर्थिक महाशाखा प्रमुख राजन श्रेष्ठ नेपाल टेलिभिजनबाट निलम्बन परेका छन् ।
गत साउनमा नेपाल टेलिभिजनबाट प्रशारण हुने चार वटै हाँस्य व्यङ्ग्य कार्यक्रमको ठेक्का पारेको वल्र्ड भिजनले कम रकम पर्ने जिरे खुर्सानी र भद्रगोल आफूसँग राखेर ‘तितो सत्य’ र ‘मेरी बास्सै’ मिडिया हबलाई बेचेको थियो ।
‘जिरे खुर्सानी’ र ‘भद्रगोल’बन्दा भएपछि कलाकार अहिले महोत्सव तथा विदेशी कार्यक्रममा ब्यस्त हुन थालेका छन् ।
टेलिजिनबाट कार्यक्रम प्रसारणका लागि अहिले पलह भइरहेको भद्रगोलका निर्देशक शंकर आचार्यले बताए ।













प्रतिक्रिया