११ मंसिर २०८३, शुक्रबार

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ५ असोज । रुपन्देही, सर्लाही, सुनसरी, दोलखा, काठमाडौं र चितवनमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका १० कान्छी बजारस्थित सडक खण्डमा लु.२२ प २०५७ नम्बरको स्कुटर शनिबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सोही नगरपालिका ९ भाट बस्ने ४० वर्षीय प्रेम बहादुर थापाको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ ।

सर्लाही, मलंगवा नगरपलिका २ स्थित सडकमा बीआर ३० यु ४११२ नम्बरको मोटरसाइकल शनिबार दिउँसो अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका ३ बस्ने २४ वर्षीय अजय राउतको घट्नास्थलमै मृत्यु भएको छ । सामान्य घाइते भएका चालकलाई जिल्ला अस्पताल मंलगवा पठाइएको छ ।

सुनसरीको धरान उपमहानगरपालिका १३ जिरोप्वाईन्टस्थित कोशी राजमार्गमा ना.७ ख १८२५ नम्बरको ट्रकले र को.३१ प ३०३४ नम्बरको स्कुटरलाई शनिबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका स्कुटर चालक सोही स्थान बस्ने २७ वर्षीय सबिन राईको उपचारको लागि धरान घोपातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दोलखाको बिगु गाउँपालिका ८ झोरुम साँवास्थित सडकमा बाटो मर्मत गर्ने क्रममा अनटेष्ट लेखिएको जेसीबीले सोही गाउँपालिका ५ चिलंखा घर भएका सोही ठाउँमा होटल गरी बस्ने रमेश खड्काको छोरा ४ वर्षीय रोजन खड्कालाई शनिबार दिउँसो ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ । जेसीबी चालक फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ ।

काठमाडौं, गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित सडकमा बा.७३ प ७४८८ र बा.९८ प ७२०४ नम्बरको मोटरसाइकल शनिबार दिउँसो आपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका बा.७३ प ७४८८ नम्बरको मोटरसाइकलमा सवार दोलखा मेलुङ गाउँपालिका(३ घर भई जोरपाटी दक्षिणढोका बस्ने २५ वर्षीय नबिन तामाङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको छ । दुबै मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवनको भरतपुर महानगरपालिका २९ भतेरीस्थित सडकमा ना.४ ख २६०७ नम्बरको बसले आइतबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका हाल नाम, थर, वतन नखुलेका करिब २८ वर्षीय पैदलयात्रीको उपचारको लागि जिल्ला अस्पताल भरतपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले उद्धार कार्य एवं आवश्यक अनुसन्धान गरिरहेको छ ।