६ कार्तिक २०८३, शुक्रबार

राजपा सांसद रेशम चौधरी रिहा गर्न बालुवाटारमा छलफल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असोज । राष्ट्रिय जनता पार्टीबाट कैलाली–१ मा निर्वाचित सांसद रेशम चौधरीलाई जेलमुक्त गर्न प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको खुलेको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिकापुर घटनामा लगाइएका मुद्दा फिर्ताका लागि बालुवाटारमा छलफल भएको खुुुलाएका हुन् ।

‘टिकापुर घटनाका झुठा मुद्दा फिर्ता लिने विषयमा बालुवाटारमा कुरा भएको छ । जनताबाट निर्वाचिन सांसदको ससम्मान रिहाई हुन सक्छ’, आइतबार सुनसरीको झुमकामा जितिया महोत्सवको उद्घाटन गर्दै प्रचण्डले भने,‘सबै झुठा मुद्दा सरकारले फिर्ता लिन सक्छ ।’

७ भदौ २०७२ मा टीकापुरमा थरुहट आन्दोलन हिंसात्मक बन्दा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जना प्रहरी र १ नाबालकको ज्यान गएको थियो ।

उनले सो क्रममा थरुहट आन्दोलनमा पीडित बनाइएकाको न्यायका लागि सरकारले काम गर्ने पनि बताए । सोही मुद्दामा चौधरीसहित ५८ जना विरूद्ध अदालतमा मुद्दा परेको थियो।