११ मंसिर २०८३, शुक्रबार

गंगा दाहाल ‘थरुनी’ !

31.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असोज । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक छायाँ बनिरहेकी गंगा दाहाल, सामाजिक विविधताको बिम्ब पनि बन्न थालेकी छन् ।

सचिवालयलाई पुत्र प्रकाश दाहाल पछि प्रभावकारी ढंगले चलाइरहेकी उनी प्रचण्डको छायाँ बनी हरेक ठाउँ पुगेकी हुन्छिन् । यसै क्रममा आइतबार उनी प्रचण्ड प्रमुख अतिथि रहेको थारु समुदायको पर्व जितियाका अवसरमा सुनसरीमा गरिएको जितिया महोत्सवमा पनि पुगेकी छन् ।

उनी पुगिनन् मात्र । अरुबेला प्रचण्डको सचिवालय सदस्यका हिसाबमा मात्र देखा पर्ने उनी फरक रुपमा देखा परिन् । अर्थात् गंगा दाहाल ‘थरुनी’ को भेषमा !

थारु कल्याणकारीणी सभाको सुनसरी कमिटीले प्रचण्डलाई प्रमुख अतिथि बनाएको थियो भने अतिथि पंक्तिमा थिइन् दाहाल ।

पछिल्ला दिनमा प्रचण्डको राजनीतिक मेलोमेसो मिलाउँदै सचिवालयलाई बलियो बनाएकी दाहाल अरु बेला भन्दा ‘थरुनी’ भेषमा अलग देखिएकी थिइन् । उनको यो रुपले भन्छ– नेकपा प्रचण्ड कित्ता भाषा, भेषभूषा र राष्ट्रका विविधताप्रति सम्मान गर्नुपर्छ भन्ने मानक हो ।

यो भेषका आफ्नै महत्व हुने गरेको छ, जसको सम्मान दाहालले गरिन् । खासगरी थारु महिला (थरुनी)ले जितिया पर्वका अवसरमा माइत जाँदा यो पहिरन अनिवार्य जस्तो लगाउँछन् । स्थानीय भन्छन्,‘यसले पहिचान मात्र होइन, सांस्कृतिक मान्यता नबिर्सिएको प्रतीत गराउँछ ।’

जसरी राष्ट्रिय पोशाकका रूपमा दौरा सुरुवाललाई लिइन्छ । देशको विविधताअनुसार जातीय र क्षेत्रीय हिसाबका पहिरनका आफ्नै महत्व छन् । त्यसै मध्ये थारु महिलाले लगाउने पहिरनको पनि महत्व छ ।

‘हरेक जातीको भाषा, भेषभूषालाई अपनत्व मानी त्यसको सम्मान गरिँदिँदा समुदाय नै खुशी हुन्छ, यसले भाइचारामा कुनै कमी नरहेको पनि प्रस्ट बनाउँछ’, स्थानीय भन्छन्,‘त्यहाँ माथि नेकपा अध्यक्ष, पूर्वप्रधानमन्त्रीको छोरीले दिएको सम्मान अतुलनीय छ ।’

यो पनि पढ्नुहोस् 

प्रचण्ड सक्रियताको नेपथ्यकी ‘नायिका’