
सुनसरी, ५ असोज । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रणालीमा खतरा नरहेको तर अराजकता बढेका कारण राजनीतिक र वैचारिक प्रतिवाद आवश्यक रहेको बताएका छन् ।
आइतबार सुनसरीको झुमकामा सुरु भएको थारु समुदायको जितिया महोत्सवको उद्घाटनका लागि आइपुगेका उनले सरकारले काम गरिरहेको समेत बताए । उनले भने,‘भ्रष्टाचार नियन्त्रणमा सरकार लागेको छ । सरकारका काममा भएका असन्तुष्टिको समिक्षा सरकार र पार्टी दुवैले गरिरहेका छौं ।’
सरकारले विभिन्न मौलिक हकसम्बन्धी कानुन निर्माण गरेको, भारतसँग पेट्रोलियम पाइपलाइन उद्घाटन भएको, चीनसँग सम्बन्ध विस्तार भएको उदाहरण दिँदै भने,‘सरकारको काममा गति ल्याउन आवश्यक छ हुँदै नभएको होइन । छिमेकसँगका सम्बन्ध सुधार भएका छन् ।’
थारु कल्याणकारीणी सभा सुनसरीको आयोजनामा जितिया महोत्सव झुमकामा उद्घाटन गरेपछि प्रचण्ड पार्टीका क्षेत्रीय नेतासँगको परामर्शपछि काठमाडौं फर्किनेछन् ।











प्रतिक्रिया