११ मंसिर २०८३, शुक्रबार

१ लाख ६५ हजार बराबरको म्याद नाघेको सामान नष्ट

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


रुकुमपूर्व, ४ असोज । रुकुम पूर्वमा १ लाख ६५ हजार बराबरको म्याद नाघेका सामान एक औपचारीक कार्यक्रम गरि जलायर नष्ट गरिएको छ ।

घरेलु तथा साना उद्योग विकास समितिको आयोजनमा घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख तारा प्रकाश शर्मा साहयक जिल्ला अधिकारी श्रवन कुमार शाह लगायतको टोलीले नष्ट गरेको हो ।

सिस्ने गाँउपालिका अन्तर्गत वडा न ५ र वडा नं ६ मा पर्ने धौलापहिरा, मैदान, कमलदह, बाउनथा, बाउनडेरा, चोकबजार र छिपृदह बजारका ८७ वटा पसलमा अनगमन गरि १ लाख ६५ हजार बराबरको म्याद नाघेको सामान बरामत गरेको हो । बरामत सामानलाई शनिबार एक औपचारीक कार्यक्रम गरी जलायर नष्ट गरिएको छ ।

भाद्र ३१ गते वडा नं ५ मैदान कमलदह र छिपृदह बजारका २२ वटा पसलहरुमा असोज १ गते बाउनथान र चोकबजारका १६ वटा पसलहरुमा असोज २ गते वडा नं ५ को धौलापहिरा वडा नं ६ को बाउनडेरा र वडा नं ६ कै छिपृदहबजारमा गरि ८७ वटा पसलमा अनगमन गरिएको थियो । अनगमनबाट क्रमस पहिलो दिन ५० हजार दोस्रो दिन ७५ हजार, र अन्तीम दिन ४० हजार गरि जम्मा १ लाख ६५ हजार बराबरको सामान बरामत भएको थियो ।

म्याद नाघेका सामान प्रयोग गर्दा मान्छेको ज्यानै लिने खतरा रोग लाग्ने भएकाले सामान किन्दा म्याद हेरेर मात्र किन्नुपर्ने घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख तारा प्रसाद शर्माले उद्धघोष गरे ।

यस्तै गरि बजारबाट सामान खरिद गर्दा मुल्य हेरेर मात्र खरिद गर्नुपर्ने भन्दै साहयक जिल्ला अधिकारी श्रवन कुमार शाहले पनि आफनो मन्तव्य राखे ।

म्याद नाघेका सामान विक्रि गर्न कानुन विपरित भएकाले कसैले म्याद नाघेका सामान बेचविखन गर्न नपाइने र कसैले तेसो गरेमा तुरुन्त प्रहरीलाइ फोन गर्न पनि सेवागा्हिलाइ आग्रह गर्नुभयो,म्याद नाघेका सामान विक्रि गर्दा ५ हजार देखि ५० हजार सम्मा जरिवान हुने समेत शाहले प्रष्ट पारे ।

कार्यक्रममा सिस्ने गाँउपालिका अध्यक्ष कुमारी बराल लगाएत पत्रकार र सर्वसाधारणको उपस्थिति रहेको थियो ।