२ कार्तिक २०८३, सोमबार

बालिका बलात्कार अभियोगमा खड्गबहादुरलाई आठ वर्ष जेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rape_victim_bravery balatkarसोलुखुम्बु, १३ फागुन । सोलुखुम्बुको सोताङमा १२ वर्षीया बालिकालाई बलात्कार गर्ने ४३ वर्षीय खड्गबहादुर विकलाई आठ वर्ष जेलसजाय तोकिएको छ ।

जिल्ला अदालत सोलुखुम्बुका न्यायाधीश दीपककुमार खरेलको इजलासले गत साउन ९ गते स्थानीय बालिकालाई घरमा कोही नभएको समयमा बलात्कार गर्ने विकलाई मङ्गलबार सो आदेश दिएको हो ।

साथै पीडितका परिवारलाई क्षतिपूर्तिवापत ५० हजार भराउन पनि आदेश दिएको अदालतका श्रेष्तेदार दुर्गाप्रसाद भटराईले जानकारी दिनुभयो ।