११ मंसिर २०८३, शुक्रबार

सुनसरीमा थारु समुदायको जितिया महोत्सवको उद्घाटन प्रचण्डले गर्ने

5.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी, ४ असोज । थारु कल्याणकारीणी सभा सुनसरीले झुमकामा गनै जितिया महोत्सवको उद्घाटन नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार गर्ने भएका छन् ।

महोत्सवको अवसरमा हातीघोडासहीतको र्याली, सांस्कृतिक झाँकी, नृत्य लगायतका प्रस्तुति आयोजना गरीने आयोजक थारु कल्याणकारीणी  सभाले जनाएको छ ।

कार्यक्रम संयोजक तारा चौधरीको अनुसार महोत्सवमा थारु कला र परिकार समेतको प्रदर्शनी गरीने छ । थारु कल्याणकारीणी सभा सुनसरीका अध्यक्ष सुरेन्द्र चौधरीले महोत्सवलाई भव्य बनाउन सम्पुर्ण तयारी पूरा भैइसकेको जानकारी दिए ।