
काठमाडौं, ४ असोज । नेपालीहरुको महान् पर्व दशैँ तिहारलाई लक्षित गरी केएल मोबाईल डिजिटलले विशेष अफर ल्याएको छ । काठमाडौंको चुच्चेपाटी स्थित केएल टावरमा जारी मोबाईल मेलामा केएल मोबाईल डिजिटलले ग्राहकका लागि विशेष अफर ल्याएको हो ।
अफरमा लक्की ड्रवाट बिजेतालाई बैंकको पटया टुर, दुई जना विजेतालाई उफर, पाँच जनालाई स्पिकर र हरेक स्मार्ट मोवाईलको खरिदमा मुभी टिकट, कभर, टेम्पर ग्लासका साथै अन्य उपहारहरु रहेको कम्पनीका प्रवन्ध निर्देशक बालकुमार धिमालले जानकारी गराए ।
त्यस्तै मेलामा रहेका अन्य इलेक्ट्रोनिक सामान जस्तै टिभी, फ्रिज, एसी, मोवाइल, होम अप्लायन्सहरुमा ५० प्रतशितसम्म छुटका साथै बाई वान गेट वान फ्रि र शुन्य प्रतिशत व्याजदरमा किस्तावन्दीमा समेत उपल्बध गराईरहेको पनि धिमालले बताए ।
उनका अनुसार यो अफर यही असोज १ गतेदेखि कात्तिक १६ गतेसम्म रहेको छ ।















प्रतिक्रिया