११ मंसिर २०८३, शुक्रबार

नवलपुरमा लागुऔषधसहित २ जना पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-विजय चालिसे
नवलपुर, ४ असोज । नवलपुरको देवचुली नगरपालिकाबाट शुक्रबार राती लागुऔषधसहित २ जना पक्राउ परेका छन् । देवचुली १५ धौलागिरी चोक स्थित पुर्वपश्चिम राजमार्गमा चेकजाँचका क्रममा खटिएको प्रहरीको टोलीले लागु औषधसहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कास्की जिल्ला लेखनाथ महानगरपालिका २७ बस्ने ३२ वर्षीय डेबिड क्षेत्री र सोहि महानगरपालिका ३२ बस्ने २४ वर्षीय कुमार खड्का रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरिक्षक राजन ढकालले जानकारी दिए ।

भैरहवाबाट म्याग्दीको बेनी जादै गरेको लु १ ख ७३९३ नंबरको बसमा सवार उनिहरुलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट फेनरागन ३०, नोफिन ३० र डाईजोपम ३० एम्पुल गरी ९० एम्पुल लागु औषध बरामद गरिएको प्रहरी निरिक्षक ढकालले बताए ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कावासोतीमा राखि थप अनुसन्धान भैरहेको छ ।