काठमाडौं, ४ असोज । नेपाल सरकारले वरिष्ठ पत्रकार टंक पन्तलाई जनसेवा श्री चौथो पदबाट सम्मान गरेको छ ।
संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट प्रदान गरिने यो पदक पत्रकार पन्तलाई संविधानसभा र संविधानसम्बन्धी समाचार तथा टेलिभिजन कार्यक्रम चलाएवापत प्रदान गरिएको हो ।
नेपाली पत्रकारितामा लामो समयदेखि सक्रिय रहँदै आएका पन्त नेपाल टेलिभिजनको सञ्चालक समितिको बोर्ड सदस्य पनि हुन् ।











प्रतिक्रिया