१ कार्तिक २०८३, आइतबार

भारतीय पाँच सय र एक हजारका नोटको प्रतिबन्ध हट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Indian Curancy Bharatiya Paisaकाठमाडौं, १३ फागुन । नेपाल राष्ट्रबैंकले पाँच सय र एक हजार भारुमा लगाएको प्रतिबन्ध हटाएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भदौंमा गरेको नेपाल भ्रमणको क्रममा पाँच सय र एक हजार भारुमा लागेको प्रतिबन्ध हटाउने समझदारी भएको थियो।

भारतीय केन्द्रीय बैंकले एक महिना अगाडि प्रतिबन्ध हटाउने नीतिगत निर्णय गरेर पत्राचार गरेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

त्यही पत्राचारका आधारमा राष्ट्रबैंकको प्रस्तावलाई मन्त्रिपरिषदबाट अनुमोदन गराएर प्रतिबन्ध हटाउन मंगलबार निर्देशिका जारी गरिएको हो ।

राष्ट्रबैंकले ल्याएको निर्देशिका अनुसार नेपालमा २५ हजार भारुसम्म पाँच सय र एक हजारको नोट प्रयोग गर्न सकिने छ।

पाँच सय र एक हजार दरको नोट २५ हजारभन्दा बढी रकम कोही व्यक्तीसम्म भएमा त्यो भने गैरकानूनी हुने राष्ट्रबैंकले जनाएको छ।