११ मंसिर २०८३, शुक्रबार

चिनियाँ राष्ट्रपति सी जिनपिङ दशैँ लगत्तै नेपाल आउने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङको दशैं लगतै नेपाल भ्रमणमा आउने निश्चित भएको छ । उनी भारत हुँदै नेपाल आउने छन् र भाेलिपल्ट बेइजिङ र्फकनेछन् ।

सी भारत चीन अनौपचारिक सम्मेलनका लागि ११ अक्टोबरमा भारत जानेछन् ।

मोदीसँगको अनौपचारिक सम्मेलनपछि सी नेपाल आउने पक्का भएको स्रोतको दावी छ । स्रोतका अनुसार असोज २७ मा सी नेपाल आउनेछन् र, भोलिपल्ट फर्किनेछन् ।

सीको भ्रमण अघि चिनियाँ कम्युनिष्ट पार्टीको टोली नेपाल आएर छलफल गर्ने कार्यक्रम रहेको छ ।

चिनियाँ पक्षले राष्ट्रपति को सुरुक्षालाई लिएर चिन्ता व्यक्त गरेका छन् ।

सीको भ्रमणबारे सरकारले भने तयारी थालेको स्रोतले बताएको छ । स्रोतका अनुसार सीको भ्रमणका क्रममा रेलको डीपीआर गर्ने सम्झौता हुनसक्छ । तर लगानीबारे अहिलेसम्म टुंगो लागेको छैन ।