
बुटवल, ३ असोज । परपुरुषसँग मिलेर एक महिलाले पतिको हत्या गरेर फालेको अवस्थामा प्रहरीले सेफ्टी ट्यांकीबाट शव भेटिएको छ ।
नवलपरासीको रामग्राम नगरपालिका ३ घोडपाली बस्ने ३५ वर्षीया सरस्वती पोखरेल पाण्डेले ४१ वर्षीय पति ‘तारा’ भनिने रविन्द्र पाण्डेको अर्का एक जना पुरुषसँग मिलेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
मृतक पाण्डे विगत १५ दिनदेखि घरबाट हराएको भन्दै आफन्तले खोजतलासका लागि प्रहरीमा निवेदन दिएका थिए ।
सरस्वतीले श्रीमान हराएको बारेमा शंकास्पद बयान दिएपछि पक्राउ गरिएको थियो । सरस्वतीले आफूसहित अन्य एक जना व्यक्तिको संलग्नतामा हत्या गरेको वयान दिएको प्रहरीले जनाएको छ ।
वयानका क्रममा सरस्वतीको पर–पुरुषको अनैतिक सम्बन्ध रहेको र उक्त सम्बन्ध लुकाउन पतिको हत्या गरिएको बयानमा उल्लेख गरिएको छ ।











प्रतिक्रिया