
-महेश सिंह
सिरहा, ३ असोज । सिरहाको लहान नगर पालिका ३ बलान खोला स्थित वेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
पुरुषको शव अन्दाजी ३५ ४० वर्षको जस्तो देखिने र पहिचान गर्न नसकिने अवस्थामा बलान खोलाको पुलको तल उक्त शव भेटिएको छ ।
ईलाका प्रहरी कार्यालय लहानका डिएसपी भेषराज रिजालका अनुसार फेला परेको शव पहिचान गर्न नसकिने अवस्थामा रहेको बताए । सबको डिएन टेस्टको लागि बाहिर पठाइएका छन् ।
शवको प्रकृति हेर्दा १५—२० दिन पहिले कहिकतै गाडिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । शवलाई बाढीले बगाएर यहाँसम्म ल्याएको हुन सकिने बताए ।
वर्षासँगै आएको बाढीले उखालिएर बगाएर बलान खोलाको पुलसम्म ल्याएको हुनसक्छ । सो शव असोज १ गते ईलाका प्रहरी कार्यालय लहानले पाँच बजेतीर फेला पारेको हो प्रहरीले बताए ।











प्रतिक्रिया