१५ कार्तिक २०८३, आइतबार

‘समृद्ध प्रदेश, सुखी नेपाली’ अवधारणा सार्थक हुने विश्वास

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


बुटवल, ३ असोज । प्रदेश नं ५ का प्रमुख उमाकान्त झाले नेपालको संविधानले भौगोलिक, जातीय, भाषिक र सांस्कृतिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरेको बताउनुभएको छ ।

संविधान दिवसका अवसरमा दिनुभएको शुभकामना सन्देशमा उहाँले समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तको आधारमा सार्वभौमसत्ता सम्पन्न स्वाधीन नेपाली नागरिकबीच ऐक्यबद्धता कायम गराई सबल राष्ट्र निर्माण गर्ने उद्देश्य राखेको उल्लेख गर्नुभएको छ ।

संविधानद्वारा निर्दे्शित मार्गमा अगाडि बढ्दै सबै जनताका उद्देश्य प्राप्त गर्न सफलता मिल्ने विश्वास व्यक्त गर्दै उहाँले जनादेश प्राप्त सङ्घ, प्रदेश र स्थानीय सरकार संविधानले मार्ग्निर्देश गरेको लक्ष्यतर्फ जनतालाई अग्रसर गराउनको लागि नीति, ऐन, नियम, योजना, कार्यक्रम, बजेट तर्जुमा र कार्यान्वयनको प्रक्रियामा रहेको बताउनुभएको छ ।

प्रदेश प्रमुख झाले उक्त प्रक्रियामा सबै क्षेत्रका नागरिकको सक्रिय सहभागिताबाट व्यावहारिक योजना तर्जुमा र प्रभावकारी कार्यान्वयनमा बल पुग्न गई गुणस्तरीय प्रतिफल प्राप्त हुने तथा जनताले सुशासनको अनुभूति गरी राष्ट्रिय एकता अझ बलियो भई समृद्ध प्रदेश, सुखी नेपालीको अवधारणा सार्थक हुने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक हक तथा मानव अधिकार, प्रेस स्वतन्त्रता, कानूनी राज्यको अवधारणालगायत प्रजातान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवाद उन्मुख राष्ट्र निर्माण गर्ने लक्ष्य राखेकोसमेत उल्लेख गर्नुभएको छ । –रासस