
काठमाडौँ, ३ असोज । संविधान दिवस तथा प्रेस काउन्सिल नेपालको ५० औँ वार्षिकोत्सवको अवसरमा पारी रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
प्रेस काउन्सिल नेपाल कर्मचारी संघद्वारा आयोजित कार्यक्रम काउन्सिलको प्राङ्गणमा भएको हो । कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, सदस्य ईश्वरी ओझा, गोविन्द चौलागाईं, चेतनाथ धमला, संगीता खड्काको सहभागिता रहेको थियो ।
नेपाल पत्रकार महासंघ काठमाडौँको शाखाका अध्यक्ष सन्तराम विडारी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राधेश्याम दाहाल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले रक्तदान गरेका छन् ।

त्यस्तै, प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसाल, उपप्रशासकीय अधिकृत रामशरण बोहरा मिडिया अनुगमनकर्ता सविता बानियाँ, मिडिया रेडियो थाहा सञ्चार नेटवर्ककी पत्रकार लक्ष्मी पौडेल लगायतले २७ जनाले रक्तदान दिनुभएको प्रेस काउन्सिल कर्मचारी संघका अध्यक्ष मानबहादुर लामिछानेले बताए ।
साथै, काउन्सिलले ५०औँ वार्षिकोत्सवको अवसरमा साताव्यापी कार्यक्रमहरुअन्तर्गत यसअघि सरसफाई कार्यक्रम, दोहोरी गीत कार्यक्रम सम्पन्न गरिसकेको छ ।
आगामी कार्यक्रममा असोज ४ गते फुटसल कार्यक्रम आयोजना हुने भएको छ भने आउँदो असोज ६ गते राष्ट्रपति कार्यालयमा काउन्सिलको वार्षिकोत्सव भव्यताको साथ सम्पन्न हुने काउन्सिलले जनाएको छ ।
यस वर्ष काउन्सिलको स्वर्णजयन्ती भएका कारण विश्व प्रेस काउन्सिल लगायत अन्य देशहरुका प्रेस काउन्सिलका प्रतिनिधिहरु समेत सहभागि हुने कार्यक्रम तय भएको छ ।
सम्मानित राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको समुपस्थितिमा आयोजना हुने कार्यक्रममा काउन्सिलको वार्षिक प्रतिवेदन, मिडिया एण्ड इथिक्स र संहिता समेत एकसाथै विमोचन गर्ने कार्यक्रम तय गरिएको छ ।
सो अवसरमा मिडिया क्षेत्रका व्यक्तित्वहरुलगायत क्रियाशील, युवा पत्रकार तथा कर्मचारीहरुलाई समेत पुरस्कृत गरिने लागिएको काउन्सिलले बताएको छ ।












प्रतिक्रिया