४ कार्तिक २०८३, बुधबार

चर्चामा पुरनको ‘एकादेशको चुरीफुरी’

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ असोज । ‘पिरिम पर्या छन्’,‘कान्छी मट्याङ ट्याङ’ र ‘फेरि फेरि’ फिल्मका निर्माता, निर्देशक तथा अभिनेता पुरन थापा अचेल टेलिसिरियलमा छाएका छन् ।

उनको लेखन र निर्देशन रहेको कमेडी टेलिसिरियल ‘एकादेशको चुरीफुरी’ डिस होमको रमाइलो टिभीमा हरेक बुधबार राती साढे ९ बजे प्रशारण हुने गर्दछ ।

आफ्नो टेलिसिरियलले पाइरहेको चर्चा र लोकप्रियताप्रति निर्देशक थापा पुलकीत छन् । ‘दर्शकको अपार मायाका कारण अझ हौसला मिलेको छ,’ हालसम्म ४४ भाग प्रशारण भइसकेको सिरियलबारे उनी भन्छन्, ‘सिरियल निरन्तर दर्शकमाझ आइरहने छ । अब नयाँ आयामहरु थपेर अझ रमाइलो बनाउने प्लान बनाएको छु ।’

ओइपिएल इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘एकादेशको चुरीफुरी’ मा लय संग्रौला, लक्ष्मी गिरी, रमेश मट्टारे, दमन रुपाखेति, पुरन थापा, मुकुन्द मैनाली, मोहनकृष्ण श्रेष्ठ, मनिषा रायमाझी, कविता खड्का, प्रवेश भट्ट, सुपा खनाल, निशा थापा, सबिता दनाइ, छायाँ भुजेल, अन्जु विश्वकर्मालगायतका कलाकारले अभिनय गरेका छन् ।

सुरेश बज्राचार्यको छायांकन, गौतमराज खड्काको सम्पादन, विनोदकुमार भुजेलको संगीत संयोजन र जीवन पासाको श्रृंगार रहेको सिरियलले नेपाली जनजीवनका सुक्ष्म पक्षहरुलाई हास्यात्मक रुपले प्रस्तुत गर्ने गरेकाले सर्वप्रिय भएको ठम्याइ निर्देशक पुरनको छ ।