५ कार्तिक २०८३, बिहिबार

संविधान दिवसको अवसरमा ग्लोबल आइएमई बैंकको वृक्षारोपण कार्यक्रम

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ३ असोज । ग्लोबल आइएमई बैंकले संविधान दिवसको उपलक्ष्यमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ ।

बैंकले काठमाडौं महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा काठमाडौंको पानीपोखरीदेखि महाराजगंजसम्मको सडक पेटिका विभिन्न स्थानमा करिब २०० रुखका विरुवा रोपेको छ ।

कार्यक्रममा का.म.न.पा. वडा नं. ३ का अध्यक्ष दिपक केसी, बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कायममुकायम प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल, सहायक महाप्रबन्धकहरु सुरेन्द्र रेग्मी र आरती राज्यलक्ष्मी राणालगायत पदाधिकारी, बैंकका अन्य कर्मचारी र स्थानीयबासीको सहभागिता रहेको थियो ।

साथै बैंकले संविधान दिवसकै अवसरमा आयोजित ¥यालीमा पनि सहभागिता जनाएको छ । र्‍याली बैंकको कर्पोेरेट कार्यालय देखि सुरु भई टुँडिखेलमा नेपाल सरकारद्वारा आयोजित भव्य कार्यक्रममा पुगेर विर्सजन भएको थियो । यससँगै बैंकका मुख्य शाखाहरुमा दीपावली पनि गरिएको छ ।

यसका साथै बैंकका उपत्यका बाहिर रहेका शाखाहरुले पनि संविधान दिवसको अवसरमा वृक्षारोपण, वित्तीय साक्षारता तथा दीपावलीका कार्यक्रमहरु आयोजना गरेका छन् ।