११ मंसिर २०८३, शुक्रबार

भारतीय राष्ट्रपति कोविन्दको सन्देश– संविधान दिवसको शुभकामना, चाँडै नेपाल आउँछु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असोज । भारतका राष्ट्रपति रामनाथ कोविन्दले नेपालको संविधान दिवसको शुभकामना दिँदै चाँडै नेपाल भ्रमणमा आउने जनाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुभकामना सन्देश पठाउँदै नेपाल–भारतको सम्बन्ध भुगोलका आधारमा मात्र नभएर पौराणिक कालदेखि नै रहेको उल्लेख गरेका कोविन्दले उपयुक्त समय मिलाएर नेपालको भ्रमण गर्ने जनाएका छन् ।

आफू र भारतीय जनताका तर्फबाट कोविन्दले शुभकामना सन्देश पठाएका हुन् ।

यसैगरी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि नेपालको संविधान दिवसका अवसरमा शुभकामना दिँदै ७ दशकदेखिको कुटनीतिक सम्बन्धमा अझ उचाई दिने उल्लेख गरेका छन् ।

उनले नेपालको सामाजिक र आर्थिक विकासमा अमेरिका सँधै साथ रहने भन्दै नेपाल देश, नेपाली जनतालाई संविधान दिवसको शुभकामना सन्देश पठाएका हुन् ।