१ कार्तिक २०८३, आइतबार

प्रथम मध्यबिन्दु कप २०७६ को तयारी तीव्र

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपुर, २ असोज । प्रथम मध्यबिन्दु कप फुटबल प्रतियोगिता २०७६ को तयारी तीव्र पारिएको छ । यही असोज १२ गते अर्थात घटस्थापनाको दिनबाट मध्यबिन्दु ७ चोरमारामा सुरु हुने फुटबल प्रत्योगिताको तयारी तीव्र बनाइएको हो ।

मध्यबिन्दु नगगरपालीका बडा न ७ मा रहेको खेलमैदानलाई चोरमारा रंगशाला यसै वर्षबाट नामाकरण गरि प्रथम मध्यबिन्दु कप फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

यस वर्षबाट सुरु गरिएको मध्यबिन्दु कप प्रत्येक वर्षको घटस्थापनाको दिनबाट निरन्तर संचालन गरिने नबजागरण नमुना मावि खेलकुद मैदान स्तर उन्नतिका अध्यक्ष श्याम पौडेलले बताए ।

अध्यक्ष पौडेलका अनुसार अहिले कम्पाउण्डमा रंगरोगन संगै मैदानमा मेसिनद्धारा झार काट्ने कार्य भइरहेको छ ।

प्रथम मध्यबिन्दु कप फुटबल प्रत्योगिताको उपाधी विजेताले २ लाख २२ हजार २ सय २२ रुपैया नगद सहित शिल्ड मेडल र प्रमाण प्रत्र प्राप्त गर्ने छ भने दोस्रो हुने टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद सहित शिल्ड मेडल र प्रमाण प्रत्र प्राप्त गर्ने सचिवालय संयोजक बिन्दु काफ्लले जानकारी दिए ।

छिमेकी जिल्ला चितवन पश्चिम नबलपरासी लगायतका जिल्लाहरुबाट टिम दर्ता हुने क्रम जारी रहेको र यहि असोज ९ गतेसम्म टिम दर्ता गर्न सकिने आयोजकले जनाएको छ । प्रत्योगिताको आधिकारीक मिडीया सामुदायिक रेडीयो दर्पण एफ एम ९९.२ मेगाहर्ज रहेको छ ।

यसैबिच रगंशालाको निमार्ण र खेलको लागि बिभिन्न क्षेत्रबाट सहयोग जुटनेक्रममा बढ्दै गएको छ । अहिले सम्म रंगशाला निर्माणका लागि ७० लाख रकम जम्मा भएको र सोही रकमले निर्माण कार्यहरु धमाधम संचालन भइरहेको आर्थिक संयोजक भिम हमालले जानकारी दिए ।

त्यसैगरि प्रथम मध्यबिन्दु कप २०७६ संचालनका लागि पनि बिभिन्न क्षेत्रबाट सहयोग जुटने क्रम जारी रहेको छ । यसैक्रममा बिजयी सामुदायिक बन उपभोक्ता समुह मध्यबिन्दु ७ चोरमाराले प्रतियोगिताको प्रथम पुरस्कार राशी २ लाख २२ हजार २ सय २२ रुपैयाँ सहयोग गर्ने घोषण गरेको छ ।

त्यस्तै स्वदेश तथा बिदेशमा रहेका नेपालीहरु एबं मध्यबिन्दु नगरपालीका भित्रका बिभिन्न संघसस्थाहरुबाट पनि सहयोग आउने क्रम जारी रहेको आर्थिक संयोजक हमालले बताए ।