१२ मंसिर २०८३, शनिबार

दार्चुलाकी सिजलले हात पारिन् मिस टुरिज्म वर्ल्डवाइड नेपाल-२०१९ को ताज

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ असोज । मिस टुरिज्म वल्र्डवाइड नेपाल २०१९ को ताज सिजल कुंवर जितेकी छिन् । ताजसहित मिस व्युटिफुल तथा मिस टैलेन्ट टप ३ को सव टाईटल समेत हात पार्न सफल सिजलले सिङ्गापुर तथा ईण्डोनेसियामा हुने मिस टुरिज्म वल्र्डवाइडमा नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन् ।

परेली मिडिया तथा ईभेन्ट संसारको संयुक्त आयोजनामा सम्पन्न उक्त प्रतिस्पर्धामा ललितपुरकी रिजा व्यन्जनकारले फस्ट रनर अपको उपाधीको साथमा मिस लेडी अफ ब्रिलियन्सीको सव टाईटल हात पारिन् ।

पोखराकी पुजा थापाले सेकेण्ड रनर अपको उपाधीको साथमा मिस पर्सानालिटीको सव टाईटल हात पार्न सफल भएकी थिईन् ।

२७ जना प्रतिस्पर्धीको सहभागिता रहेको प्रतिस्पर्धामा दुर्गम तथा नेपालको ग्रामीण भेगबाट सहभागीहरुको संख्या अधिक रहेको थियो ।

भक्तपुर स्थित ह्वाईट प्यालेसमा सम्पन्न उक्त प्रतिस्पर्धामा ट्राभल एण्ड टुरिज्जम विषयमा त्रिभुवन विश्वविद्यालयबाट गोल्ड मेडलिष्ट आयुष्मा पोख्रेल, वरिष्ठ मोटिभेसनल प्रशिक्षक एवं शिक्षाविद पूर्ण लामा, वुमन क्रियसन सेन्टरकी प्रेसीडेन्ट निलु थापा, मिस नेपाल ईन्टरनेशनल निति शाह तथा तिलगंगा आंखा प्रतिष्ठानका रवि गौतमको निणार्यक मण्डल रहेको थियो ।

मिस नेपाल ईन्टरनेशनल निति शाहको कोरियोग्राफी रहेको उक्त प्रतियोगीतामा सहभागीहरुका लागि प्रशिक्षण निशुल्क रहेको जानकारी कार्यक्रम आयोजक एवं मिसेस नेपाल आईकन २०१७ तथा मिसेस वल्र्डवाइड २०१८ की विजेता वर्षा कार्कीले जानकारी दिईन ।

सव टाईटल विजेताहरुमा मिस टैलेन्ट टप ३ ममता अधिकारी, सिजल कुंवर आस्था बस्नेत छन् । डिजिपे पव्लिक च्वाईस अवार्ड पिंकी गुरुङ्ग र मिस पपुलर आस्था बस्नेत एलिसा घिमिरे रहेका छन् ।

मिस लेडी अफ ईन्करेजमेन्टको टाइटल प्रकृति शाक्यले पाएकी छन् । त्यस्तै, मिस फ्रेण्डसिप श्रृजना लामा, मिस हेल्पफुल रोजिना गुरुङ्ग रहेका छन् । मिस पन्च्यएल रुपा श्रेष्ठ, मिस चार्मिङ्ग बिविसा ठकुरी र मिस क्लासीकल ब्युटी रेविका चौधरी बने ।

मिस व्युटीफुल हेयर आतिसा पोख्रेल, मिस कन्गिंलिटी पुनम शाही ठकुरी र मिस कल्चर स्वर्णीमा मानन्धर रहेका छन् । मिस वेष्ट फिजिक मल्लिका आचार्य, एलिसा घिमिरे र मिस व्युटिफुल सिजल कुंवर र मिस पर्सानिलिटी पुजा थापा रहेका छन् ।

मिस हार्डवर्किङ्ग सुष्मिता परियार, मिस नोवल क्विन विजया खनाल र मिस कन्फिडेन्स गृष्मा निरौला, मिस पोलाइट स्मृति नापित र मिस वेष्ट वाक रेजु कार्की बनेकी छिन् । मिस ईन्टिलीजेन्ट र मिस फोटोजेनीक ममता अधिकारी बनेकी छन् ।

त्यसैगरी, मिस पर्फेमेन्स सुसना तुलाधर, मिस लेडी अफ ब्रिलियन्सी रिजा ब्यन्जनकार र गुड विल अम्वासेडर आस्था बस्नेत र मिस डिसिप्लेन सम्बृद्धि रेग्मी र मिस व्युटीफुल स्माईल सजना बोगटी रहेका छन् भने मिस कम्पलेक्सन रविया नगरकोटी रहेकी छन् ।