१२ मंसिर २०८३, शनिबार

सिंहदरबारभित्र संघीय संसद भवनको शिल्यान्यास, ५ अर्ब ६७ करोडमा बन्ने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सिंहदरबारभित्र संघीय संसद भवनको शिल्यान्यास गरेका छन् ।

बुधबारबाटै यसको निर्माण कार्य सुरु गरिने शहरी विकास मन्त्रालयले जनाएको छ । ७ अर्ब ७३ करोड ५२ लाख ४ हजार रुपैयाँ अनुमान गरिएको भवन निर्माण कम्पनी टुण्डी सेक ज्वाइन्ट भेन्चरले ५ अर्ब ६७ करोड २७ लाख ६१ हजारमा सम्पन्न गर्नेगरी ठेक्का कबुल गरेको छ ।

अर्को निर्वाचनपछि प्रयोग गर्नेगरी भवन सम्पन्न गरिसक्ने जनाइएको छ । आउने निर्वाचनबाट निर्वाचित सांसदले नयाँ भवनबाट कामकारबाही गर्न सक्ने गरी २ बर्षमा निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ ।

संघीय संसद अहिले भाडामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र वानेश्वरमा सञ्चालन भइरहेको छ ।