१२ मंसिर २०८३, शनिबार

अरुण नदीमा ६ जनासहित खसेको जीप खोज्न गोताखोर पुगेन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असोज । संखुवासभाको धर्मदेवी नगरपालिका–८ मा ५ जना यात्रुसहित मंगलबार राती खसेको जीप खोज्न अझै गोताखोर पुग्न सकेको छैन ।

उद्दारका लागि तयार रहेको प्रहरी गोताखोरको पर्खाइमा रहेको बताइएको छ । मौसमको प्रतिकूलता रहेका कारण अरुण नदीको दहमा खसेको बोलेरो जीप खोज्न कठिन भएको बताइएको छ ।

कच्ची सडकबाट जीप नदीमा खसेको प्रहरीको प्रारम्भिक अनुमान छ । मंगलबार राति अन्दजी १० बजे को १ ज ३७४९ नम्बरको जीप अरुण नदीमा खसेको थियो । संखुवासभा नगरपालिका–९ का संगम श्रेष्ठका ३ महिने बिरामी छोरालाई लिएर आउँदै गरेको जीप नदीमा खस्दा श्रेष्ठकी पत्नी, छोरासहित ६ जना हराइरहेका छन् ।