१५ कार्तिक २०८३, आइतबार

भक्तपुर तरुण दलका अध्यक्षलाई पितृ शोक

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, १ असाेज । नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापालाई पितृ शोक परेको छ ।

अध्यक्ष थापाका बुबा लालबहादुर थापाको मंगलबार ७२ वर्षको उमेरमा निधन भएको हो ।

लालबहादुर थापाको मंगलबार नै पशुपति आर्यघाटमा अन्तिम दाहासंस्कार गरिएको आफन्तले जनाएका छन् ।

लालबहादुर थापाको पार्थिब शरीरमा नेपाली कांग्रेसका नेताहरूका साथै तरुण दलका नेताहरूले अन्तिम श्रद्धाञ्जलि दिएका थिए ।

श्रद्धाञ्जलि दिनेमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसी, नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण, नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँ र कोषाध्यक्ष विद्वान गुरुङसहितका नेताहरूको उपस्थिति रहेको थियो ।