१२ मंसिर २०८३, शनिबार

बुधबार पनि मौसममा बदली हुने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असाेज । मनसुनी न्यून चापीय रेखा, भारतको मध्य प्रदेशको उत्तर पश्चिमी क्षेत्र र उत्तर प्रदेशको दक्षिणी भागमा बनेको निम्न चापीय प्रणाली तथा बंगालबो खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभाव कायमै छ ।

केही दिनदेखि यसकै कारण बलदी र वर्षाको क्रम चलिरहेको छ र बुधबार पनि मौसम बदली तथा वर्षाकै अवस्थामा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशका अधिकांश क्षेत्रमा सामान्यदेखि पूर्ण बदली भई काठमाडौँसहितका केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

बुधबार दिनभर देशभरि सामान्यदेखि पूर्ण बदली रही पश्चिम तथा मध्यका धेरै तथा बाँकी क्षेत्रका केही स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् । थोरै स्थानमा भने ठूलो पानी पर्ने सम्भावना छ ।