१५ कार्तिक २०८३, आइतबार

उज्वल थापा विवेकशीलको कुनै पनि पदमा उम्मेद्वार नहुने

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ भदौ । विवेकशील नेपालीको आन्तरिक चुनावमा अध्यक्ष उज्वल थापा नउठ्ने भएका छन् ।

आठ वर्षदेखि अध्यक्षको पदमा रहेका थापाले आन्तरिक चुनावमा कुनै पनि पदका लागि नउठ्ने घोषणा गरेका हुन् ।

पार्टीमा न्याय र मित्रता कायम गर्नका लागि थापाले यस्तो निर्णय गरेको प्रवक्ता मिलन पाण्डेले बताए । मंगलबार यसबारेमा उनले पार्टीका कार्यकर्तालाई जानकारी दिएको प्रवक्ता पाण्डेले जनाएका छन् ।

विवेकशील नेपालीको राष्ट्रिय सम्मेलन कार्तिक १ र २ गते जनकपुरमा हुँदैछ । सम्मेलनका लागि बुधबारदेखि आन्तरिक चुनावको प्रकृया सुरू हुने भएको पार्टीले जानकारी दिएको छ ।