१२ मंसिर २०८३, शनिबार

सहकारीको ढोका फोडेर लुटपाट गर्ने दुई जना पक्राउ

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ भदौ । काठमाडौँ उपत्यकाका विभिन्न सहकारी तथा वित्तिय संस्थाहरुको ढोका फोडि सेफ लगायत नगद चोरी गर्ने कार्यमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला रामेछाप दोरम्बा गाउँपालिका-४ का १८ वर्षीय सुनिल थापा र दोरम्बा गाउँपालिका-७ का २१ वर्षीय दानबहादुर थापा मगर रहेका छन् ।

प्रहरीको अपराध महाशाखाले सोमबार पक्राउ गरेका उनीहरुलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर पठाइएको छ ।

उनीहरुले भदाै २५ गते बिहान २ बजे पेप्सिकोला टाउन प्लानिङमा रहेको हर्षित बचत तथा ऋण सहकारी संस्थाको मुल ढोका फोडी सहकारी संस्थाको कोठामा रहेको फलामको ८५ के.जि. बराबरको सेफ तथा सेफमा रहेको नगद सात लाख ८९ हजार ९ सय ९२ रुपैयाँ लुटेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट चाेरी गरि लगेको सेफ, फलामको ४ फिट २ ईन्चको गल, सामसुङ् मोबाइल, नगद ५३ हजार र चोरी गर्दा प्रयोग भएका कपडा प्रहरीले बरामद गरेको जनाएको छ ।